स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव टेलिभिजनको माइक फालेर स्टुडियोबाटै हिडे
३० वैशाख, काठमाडाैँ । सरकार छाड्ने तयारीमा रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव टेलिभिजनको माइक फालेर स्टुडियोबाटै भागेका छन । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण गरेर बनेको सामाजवादी पार्टीले जनतालाइ के दिन्छ भनेर पत्रकारले प्रश्नगर्दा उल्टै मिडियाले नेपाली जनताले के दिन्छ भन्दै प्रतिप्रश्न गर्दै उत्तेजित बनेका उपप्रधानमन्त्री यादव अन्तत टेलिभिजनबाट माइक फालेर बाहिरिएका हुन ।

एभिन्युज खबर टेलिभिजनमा पत्रकार सुशील पाण्डेसँगको सकस राजनीति भन्ने कार्यक्रममा उपप्रधानमन्त्री यदावले प्रश्न सोध्दा मर्यादा ननाध्न अनुरोध गर्दैजाँदा परिस्थिति भड्किएको हो । उपप्रधानमन्त्री यादवले प्रश्नको सामनाको साटो पत्रकारलाइ मर्यादाको कुरा सिकाउन खोजेपछि परिस्थिति असामान्य बन्छ र उपप्रधानमन्त्री यादव स्टुडियोबाट बाहिरिन्छन ।

अहिले सामाजिक सञ्जालमा उपेन्द्र यादव हट केक बनेका छन । उनको चर्चा धेरैले गरेका छन । धेरै यादव प्रश्नको जवाफ दिन नसकेर स्टुडियोबाट भागेको बताइरहेका छन भने केही पत्रकार लगायतले पत्रकारले प्रश्न सोध्नेक्रममा उत्तेजनामा अाउने काम र अशिष्ट व्यवहार गरेको प्रतिक्रिया दिइरहेका छन ।
उनीहरूबीचको सांसादका क्रममा पत्रकारले भन्छन
ए… तपाई नेपाली मिडियालाई शिष्टता सिकाउने ? इन्टरभ्यु लिने तरिका सिकाउने ? तपाई जान सक्नुहुन्छ । हामीलाई शिष्टता सिकाएर यहाँ आएर बकवास नदेखाउनुस् । प्रश्न सामना गर्ने हिम्मत छैन भने जान सक्नुहुन्छ ।
त्यसपछि फेरि पत्रकार पाण्डे भन्छन
हामी वहाँलाई आग्रह गर्छौं, आउनुस् र प्रश्नहरुको जवाफ दिनुस् । हाम्रो प्रश्नको जवाफ दिन नसकेर बाहिरिनु भएको छ । उल्टै शिष्टता सिकाउन खोज्दै हुनुहुन्थ्यो । तर हाम्रो प्रश्नको जवाफ दिन …
पत्रकार र यादवको जुहारी यो भिडियोमा हेर्नुहोस्
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #उपेन्द्र यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्