चीन भ्रमणमा रहेको एमाले टोली माओ त्सेतुङको समाधिस्थलमा
काठमाडौं, २४ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित चीनको राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओ त्सेतुङको समाधिस्थल (पार्थिव शरीर) राखिएको स्थलको अवलोकन गरेका छन् ।
आज बिहान आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित महासचिव पोखरेलले माओ त्सेतुङको समाधिस्थल राखिएको स्थलको अवलोकन गरेका हुन् ।
माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेका पोखरेलसहित भ्रमण टोलीका नेताहरुले पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।
यसअघि हिजो शनिबार महासचिव पोखरेलको टोलीले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेका थिए ।
उच्चस्तरीय भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेताहरु सहभागि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चिनियाँ कम्युनिष्ट पार्टी, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्