ब्रुमरले पनि नियन्त्रण गर्न सकेन काठमाडाैँकाे धुलाे
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि ब्रुमर सञ्चालन हुँदै आएको छ, तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले ब्रुमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ ।
‘एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या भएको छ’, विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘सञ्चालनमा रहेका पाँच ब्रुमरबाट अहिलेसम्मा दुई सय २० टन धुलो सङ्कलन गरिसकेको छ ।’ सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।
महानगरको सडकमा ब्रुमर सञ्चालन भएको यही वैशाख २८ गते एक महिना पुग्दैछ । गत फागुन २८ गते इटालीबाट ल्याइएका ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुपम काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।
प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डीे छ । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण ब्रुमर सञ्चालनमा समस्या देखिएको छ ।
रु. १० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ । दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमता रहेको सो ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।
खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।
कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडक विभागको मातहतमा रहेका छन् ।
स्थानीयवासीको गुनासो
ब्रुमर प्रयोगमा आएपनि सडक सफा नभएको नगरवासीको गुनासो छ । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको पनि एक महीना बित्नै लागिसक्यो, धुलो कम हुनसकेको छैन । उक्त समस्या जस्ताको तस्तै रहेको छ ।
‘यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरीद गर्नुको कुनै अर्थ छैन’, कँडेलले भने । त्यसैगरी बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा पनि धुलो कम नभएको स्थानीयवासीको गुनासो छ । (रासस)
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ब्रुमर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्