केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
एजेन्सी- केन्याको क्रिस्चियन डूम्सडे कल्ट (प्रलयको दिनमा विश्वास राख्ने सम्प्रदाय) मा सामूहिक ‘आत्महत्या’ को मामिलामा मृत्यु हुनेको आँकडा २०० पार भएको छ । प्रहरीले हालसम्म २०१ को शव निकालेको छ ।
जहाँ यो घटना भयो, त्यहाँ ६०० भन्दा बढी हराइरहेको बताइएको छ । यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरूका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोक भोकै मारिएको छ । शनिवार प्रहरीले थप २२ शव बरामद गरेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भने, ‘हाम्रो फरेन्सिक टोलीले आज २२ वटा शव निकालेको छ तर हामीले कसैलाई पनि जीवित फेला पारेका छैनौँ ।’
केन्याको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित शाकाहोला जङ्गलमा सामूहिक आत्महत्याको यो घटना भएको हो । प्रहरीले अहिले पनि यहाँ खोजी कार्य जारी राखेको छ ।
यस सम्प्रदायसँग सम्बन्धित एक डेपुटी पास्टरले लन्डनको टाइम्स पत्रिकालाई यो सामूहिक आत्महत्याको धेरै चरणहरूमा योजना बनाएको बताएका छन् । यी पास्टरले अहिले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेका छन् ।
पास्टरका अनुसार सबैभन्दा पहिला बालबालिकालाई भोको राखेर मारियो । त्यसपछि महिलाले आत्महत्या गरे अनि पुरुषले ज्यान दिए । अन्त्यमा सम्प्रदायका नेता पास्टर पल म्याकेन्जीको परिवारले आत्महत्या गरे ।
पल म्याकेन्जी हाल प्रहरीको हिरासतमा छन् । प्रहरीले केही शवका पोस्टमार्टम गरेको छ । मारिएका मानिसमा भोक, सास फेर्न नसकेको र कुटिएको सङ्केत भेटिएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्