नयाँ पेट्रोल पम्प संचालनका लागी लाइसेन्स खुला,यस्तो छ मापदण्ड

काठमाडौं।नेपाल आयल निगमले मापदण्ड संशोधन गरेर पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ ।
पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको हो । विक्रेतामा नियुक्त हुन चाहने फर्म/कम्पनी/संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद- २ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ । सोही विनियमावलीको विनियम ५ बमोजिम निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसुची १ बमोजिमको ढाँचामा निगमको कार्यालयहरुमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेता वीचको विक्री स्थलको दुरी कम्तीमा ३ सय मिटरको दुरीमा हुनुपर्नेछ। तर पुर्व पश्चिम राजमार्गको हकमा भने उक्त दुरी पाँच सय मिटर बाहिर हुनुपर्नेछ। प्याक्ट विक्रेताको हकमा नमुना पम्प विक्रेताको विक्री स्थलभन्दा कम्तीमा पाँच किमी बाहिर हुनुपर्छ। एउटा नमुना पम्प विक्रेताको विक्रीस्थलबाट अर्को पम्पको दुरी १० किलोमिटर र उक्त स्थलमा मट्टितेल विक्रेता बाहेक अन्य कुनै विक्रेतालाई नियुक्ती नदिने नयाँ मापदण्डमा उल्लेख छ। तर नमूना पम्प विक्रेताले प्रमाणपत्र पाउनुअघि स्थापना भएका विक्रेताहरुको हकमा भने यस्तो व्यवस्था लागु नहुने निगमले जनायो। नमुना पम्प निगमले करिव दुई बर्ष अघि परिकल्पना गरेको थियो। नमूना पम्पका लागि तराई र मधेशमा एक विघा जमीन हुनुपर्ने प्रावधान छ। हिमाल र पहाडमा ५ रोपनी हुनुपर्नेछ। यो पम्प २४ सै घण्टा संचालन गर्नुपर्नेछ। पुरानो डिस्पेन्सिङ मेसिन जडान गर्न नपाइने निगमले जनायो।
पूराना केही विकृतिहरुलाई सुधारेर नयाँ ल्याएको निगमले जनाएको छ। प्रक्रिया र मापदण्ड पूरा गरेर पम्प संचालन गर्न चाहनेले आवेदन दिन सक्ने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए। उनका अनुसार नमुना पम्प संचालन गर्नका लागि एक वर्षभित्र आवेदन दिन सकिने छ भने सामान्य पम्पका लागि हरेक तीन बर्षमा खुल्ला गरिनेछ। योसँगै पूराना व्यवसायीको सिन्डिकेट तोडिएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : #पेट्रोल पम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्