अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकाको केन्टुकी राज्यको लुइसभिलस्थित एक बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरु ४० बर्षदेखि ६४ बर्षसम्मका छन् । आक्रमणमा अन्य नौ जना घाइते भएका छन् । घाईतेमध्ये एकजना दुई साताअघि मात्रै भर्ना भएका एकजना प्रहरी अधिकारी पनि छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ ।
शहरको केन्द्रमा रहेको पुरानो नेसनल बैंकमा गोली चलेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले ट्वीटरमार्फत धेरै अमेरिकीहरुले निहत्थामा ज्यान गुमाईरहेको बताउँदै कङ्ग्रेसमा रिपब्लिकनहरूले अमेरिकी जनताको जीवन रक्षाका लागि कहिले काम गर्नेछन् भनी प्रश्न गर्नुभएको छ ।
अमेरिकी डेमोक्रेटिक पार्टीले कडा बन्दुक सुरक्षा कानून बनाउन लामो समयदेखि कंग्रेसलाई जोड दिदै आएको छ । तर रिपब्लिकन सांसदहरूले भने त्यस्को कडा विरोध गरिरहेको छ । केन्टकीमा २१ वर्ष भन्दा माथिका अधिकांश वयस्कहरूलाई इजाजतपत्र बिना बन्दुक किन्न र बोक्न अनुमति दिने गर्दछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अमेरिकामा बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्