परराष्ट्रमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावर भेट
काठमाडौं माघ २४ ।अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले आज परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।
आज मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचीका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा छलफल भएको हो ।
यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
भेटवार्तमा पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो ।
उहाँले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ ।
पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत हुनुहुन्थ्यो ।
प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #बिमला राई पौड्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्