सातै प्रदेशका प्रहरी प्रमुख डीआईजी फेरिए, काे कहाँ पुगे ?
काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआइजीको काज सरुवा गरेको हो।
बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।
मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएको छ भने कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन्। भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा पठाइएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी अशोक सिंहलाई दिइएको छ। प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मेवारी पाएका छन् भने बुद्धिराज गुरुङलाई गण्डकी प्रदेशको जिम्मा दिइएको छ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको नेतृत्व गरेका श्यामलाल ज्ञवालीलाई प्रदेश १ प्रहरी कार्यालय, विराटनगर र विमानस्थलको जिम्मेवारी किरण राणालाई खटाइएको छ। विशेष ब्युरोको जिम्मेवारी सुदीप गिरीले सम्हाल्ने छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्