Techie IT
सोमबार, वैशाख २२,२०८२

शेयर बजार दोहोरो अंकले उकालो


साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकलेउकालो लागेको छ ।

बजार खुलेदेखि नै उकालो लागेको बजार १७.१६ अंकको बढोत्तरीमा बन्द भई ११८२.३६ बिन्दुमा उक्लिएको छ । बजार तिब्र गतिमा उकालो लाग्दा वाणिज्य बैंक समुहले धेरै टेवा दिएको छ ।

१६८ कम्पनीका १८ लाख ८७ हजार ३७३ कित्ता शेयर ५४ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको बजारमा एनआईसी एशिया बैंकको शेयरमा अधिक कारोबार चाप देखिएको छ।

कारोबार आएका १० वटा उपसमुहहरु मिश्रीत देखिएका छन् । पाँच वटा उपसमुह उकालो लाग्दा ५ वटा उपसमुहमा गिरावट आएको छ। यस क्रममा बैकिङ्ग समुहको सुचक सबैभन्दा धेरै अर्थात २८.१९ अंकले बढेको छ। यस्तै विकास बैंक १४.९९, होटल १३, फाइनान्स १.७८ र जीवन बीमा ०.१२ अंकले उकालो लागेका छन्।


क्याटेगोरी : अर्थ
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545