रविको पार्टी भित्र समानुपातिक सांसद छनोट गर्दा आफ्नालाई प्राथमिकता

मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक सांसद छनोट गर्दा आफ्नालाई प्राथमिकता दिएको भन्दै पार्टी भित्र विवाद उत्पन्न भएको छ ।
पार्टीले पाएको १३ सिट समानुपातिकमा नाम सिफारिस गर्दा आफ्नालाई सिफारिस गरिएको भन्दै रास्वपाका नेताले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
खसआर्य पुरुषतर्फ दोस्रो नम्बरमा रहे पनि आफूलाई सांसद नबनाइएको भन्दै समानुपाकितर्फका उम्मेदवार गणेश कार्कीले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले पार्टीका प्रवक्ता मुकुल ढकालले आफ्नालाई अवसर दिँदा आफु सांसद बन्न नपाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै कार्कीले भनेका छन्ः
म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।
किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । विधि त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो ।
जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति,विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।
अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला ।
पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ ।
पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।
यसैगरी, कार्कीले पार्टी सरकारमा जाने तयारी गरेको र आफुलाई पार्टी नछोडी प्रवक्ता बन्न प्रस्ताव आएको समेत जनाएका छन् । उनले आफुले पार्टी छोडे केहि पनि अवसर नपाउने लालच देखाइएको भन्दै विरोध जनाएका छन् ।
प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ भने १३ सिट पाएको छ ।
रास्वपाले समानुपातिक सांसदको लागि सन्तोष परियार, शिव नेपाली, डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी र असिम साहको नाम निर्वाचन आयोगमा पठाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्