राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्ने बताउनुभएको छ ।
झापाको धुलाबारीमा आज आयोजित कार्यक्रमममा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवम् महामन्त्री शर्माले सहज रूपमा नयाँ पुस्तालाई अगाडि उभ्याउनका लागि परिपक्क रूपमा आफू अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आशावादी रहेको महामन्त्री शर्माले बताउनुभयो ।
महामन्त्री शर्माले आफू कुनै पदमा जाने वा नजाने ठूलो कुरा नभएको तर अहिले पदका लागि आफ्नो कुनै दाबी नरहेको स्पष्ट पार्नुभयो ।
राजनीतिमा परिवर्तन गरेर अहिलेको व्यवस्था र बलियो राष्ट्रियता बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले राजनीतिक रूपान्तरण सिंहदरबारदेखि सुरु गर्नुपर्ने र बिस्तारै त्यसको असर सबैतिर पर्नेसमेत बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्