सुनसरी १ मा माओवादीको अग्रता

धरान । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोको अग्रता रहेको छ । धरानको वडा नम्बर १,२,३,४,५ र ६ को कुल १५ हजार २०५ मतगणना गर्दा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मेन्याङ्बोले ३१ सय ७५ मत ल्याएर अग्रता हासिल गर्नुभएको हो । उहाँलाई एमाले जसपा तालमेलका उम्मेदवार अशोककुमार राईले २७ सय ६४ मत ल्याएर पछ्याईरहनुभएको छ ।
यस्तै, स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङले २४ सय २८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।
सुनसरी प्रदेशसभा १ (क) मा १२२१८ मतगणना हुँदा एमालेका रमेश बस्नेतले ३७२२ मत ल्याएर अग्रस्थानमा हुनहुन्छ भने लोकतान्त्रिक बाम गठबन्धन कांग्रेसका उम्मेदवार उमेश थापाले ३५०६ मत ल्याएर पछ्याईरहनुभएको छ । राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठले २६७४ मत ल्याउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानको अनुसार प्रतिनिधिसभातर्फ कुल १५ हजार २०५ मतमध्ये १४ हजार ४७ मत सदर भएको छ भने एक हजार १५८ मत बदर भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माओवादी, #सुनसरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्