रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय गर्छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे प्रमाणको आधारमा निर्णय गर्ने जनाएको छ । विहीबार ९आज० आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नको जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्णय गर्ने बताएका हुन् ।
उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको थियो । सोही विषयबारे प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रमाणका आधारमा निर्णय गर्ने बताएका हुन् ।
यसका साथै आयुक्त थपलियाले अस्वाभाविक मतदान भएमा अर्को निर्वाचन हुनेसमेत बताए । विगतमा बुथ कब्जा हुने गरेका स्थानमा यो निर्वाचनमा हवाईगस्ती गरिने पनि जानकारी गराए । मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने पनि उनले बताए ।
मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने उनले जानकारी दिए । त्यस्तै आयोगले मतदाताको सुविधाका लागि निजी कम्पनीलाई २ दिन बिदा दिन अनुरोधसमेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #रवि लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्