रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय गर्छौं : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे प्रमाणको आधारमा निर्णय गर्ने जनाएको छ । विहीबार ९आज० आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नको जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्णय गर्ने बताएका हुन् ।
उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको थियो । सोही विषयबारे प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रमाणका आधारमा निर्णय गर्ने बताएका हुन् ।
यसका साथै आयुक्त थपलियाले अस्वाभाविक मतदान भएमा अर्को निर्वाचन हुनेसमेत बताए । विगतमा बुथ कब्जा हुने गरेका स्थानमा यो निर्वाचनमा हवाईगस्ती गरिने पनि जानकारी गराए । मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने पनि उनले बताए ।
मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने उनले जानकारी दिए । त्यस्तै आयोगले मतदाताको सुविधाका लागि निजी कम्पनीलाई २ दिन बिदा दिन अनुरोधसमेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्