Techie IT
सोमबार, वैशाख २२,२०८२

चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज चितवन आउँदै


चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदै छन् ।

एमाले चितवनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन आउँन लागेका हुन् ।

भरतपुरको गेस्ट हाउस चौरमा हुने चुनावी आमसभालाई अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।

चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । भरतपुरको बसपार्क चोक, मालपोत चोक र चौविसकोठी तीन स्थानबाट र्‍यालीसहित कार्यक्रम स्थलमा निस्कने बताइएको छ ।

अध्यक्ष ओली बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545