राजधानीमा खतरनाक चोरहरुको बिगबिगी, नागार्जुनमा महिलाको शव भेटियो
काठमाण्डु, २८ फागुन– राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ ।
काठमाण्डु महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद एक लाख ५० हजारसहित सुनका गरगहना गरी दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाण्डु महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी करीब पाँच लाख ७७ हजार बराबरको धनमाल मंगलबार बिहान चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।
यता काठमाण्डु महानगरपालिका–३ हल्चोक बस्ने सुनसरी धरान नगरपालिका–१५ का ४५ वर्षीया निरमाया चेमजोङ नागार्जुनस्थित पाँचधारा पानी ट्याङ्की नजिक मृत भेटिएकी छिन् । घटनाको सम्बन्धमा अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #चोरहरुको बिगबिगी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्