वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ
भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।
घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उहाँले बताउनुभयो । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वडा कार्यालयमा बम विस्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्