एमालेको चुवानी घोषणापत्र छठपछि सार्वजनिक गर्ने

काठमाडौं। नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
“घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ”, सचिव विष्टले भने, “घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ ।”
एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएकोे छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रुप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #एमालेको चुवानी घोषणापत्र छठपछि सार्वजनिक गर्ने, #नेकपा एमाले, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्