Techie IT
आईतबार, वैशाख २८,२०८२

प्रधानमन्त्री ओली र सिके राउत एकै मञ्चमा! कसरी भयो यस्तो मिलन ?


एक मधेस अलग देश भन्दै मधेस टुक्र्याउने अभियान चलाउँदै आएका विखण्डनकारी नेता सि.के राउतलाई साधारणस तारेखमा राख्ने सर्वोच्चको आदेशबाट चकित परेको समुदायलाई शुत्रबारको अर्को एक कार्यक्रमले झन् चकित पार्ने भएको छ । राजधानी काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र राउत एउटै मञ्चमा उपस्थित हुने र सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

स्वतन्त्र मधेशको माग गर्दै आएका राउतले राष्ट्रिय राजनीतिसमु आत्मसमर्पण गर्ने र मूलधारको राजनीतिमा आउने बताइएको छ । प्रधानमन्त्री ओलीकै उपस्थितिमा राउतलाई राष्ट्रिय राजनीतिमा प्रवेश गरेको घोषणालाई नियोजित भएको पनि केही नेताहरुले प्रतिक्रिया दिएका छन् । नेकपा नै प्रवेश गर्न लागेको हल्लामा नेकपा स्थायी कमिटिका एक सदस्यले पार्टीमा कुनै सल्लाह नभएको र त्यस्तो नहुनुपर्ने भन्दै रुपान्तरण भएको पुष्ट्याई नभै प्रवेश भएमा त्यो कोही अरुको डिजाइन हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

देश विखण्डनको माग गर्दै अभियान चलाउँदै आएका राउत पछिल्लो समय केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका थिए । राउत बिहीबार मात्र सर्वोच्च अदातलको आदेशमा सामान्य तारेखमा राउत कारागारमुक्त भएका हुन् । रागत नेकपा प्रवेश गर्ने भन्दै नेपाली काँग्रेस निकटका व्यक्तिहरु र केही मिडियामा समसेत समाचार आएको थियो ।

वार्ता समितिसंग राउत निकट स्रोतले भित्रभित्रै वार्ता गरेर सहमति भएको बताइएपनि कसले मिलायो र के सर्त छ ? भन्ने कुरा रहस्यमयी भएको नेकपा भित्रैका एक बताएका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओली र सिके राउत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545