प्रधानमन्त्री ओली र सिके राउत एकै मञ्चमा! कसरी भयो यस्तो मिलन ?
एक मधेस अलग देश भन्दै मधेस टुक्र्याउने अभियान चलाउँदै आएका विखण्डनकारी नेता सि.के राउतलाई साधारणस तारेखमा राख्ने सर्वोच्चको आदेशबाट चकित परेको समुदायलाई शुत्रबारको अर्को एक कार्यक्रमले झन् चकित पार्ने भएको छ । राजधानी काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र राउत एउटै मञ्चमा उपस्थित हुने र सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
स्वतन्त्र मधेशको माग गर्दै आएका राउतले राष्ट्रिय राजनीतिसमु आत्मसमर्पण गर्ने र मूलधारको राजनीतिमा आउने बताइएको छ । प्रधानमन्त्री ओलीकै उपस्थितिमा राउतलाई राष्ट्रिय राजनीतिमा प्रवेश गरेको घोषणालाई नियोजित भएको पनि केही नेताहरुले प्रतिक्रिया दिएका छन् । नेकपा नै प्रवेश गर्न लागेको हल्लामा नेकपा स्थायी कमिटिका एक सदस्यले पार्टीमा कुनै सल्लाह नभएको र त्यस्तो नहुनुपर्ने भन्दै रुपान्तरण भएको पुष्ट्याई नभै प्रवेश भएमा त्यो कोही अरुको डिजाइन हुनसक्ने प्रतिक्रिया दिएका छन् ।
देश विखण्डनको माग गर्दै अभियान चलाउँदै आएका राउत पछिल्लो समय केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका थिए । राउत बिहीबार मात्र सर्वोच्च अदातलको आदेशमा सामान्य तारेखमा राउत कारागारमुक्त भएका हुन् । रागत नेकपा प्रवेश गर्ने भन्दै नेपाली काँग्रेस निकटका व्यक्तिहरु र केही मिडियामा समसेत समाचार आएको थियो ।
वार्ता समितिसंग राउत निकट स्रोतले भित्रभित्रै वार्ता गरेर सहमति भएको बताइएपनि कसले मिलायो र के सर्त छ ? भन्ने कुरा रहस्यमयी भएको नेकपा भित्रैका एक बताएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओली र सिके राउत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्