Techie IT
शनिबार, जेठ ११,२०८२

देशभर आंशिक देखि सामान्य बदली रहने, चट्याङ सहित भारी वर्षाको सम्भावना


काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।  मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।

महाशाखा अनुसार लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का भइरहेको छ।

महाशाखा अनुसार यस्तो छ आजको मौसम:

२०७९ भदौ २५ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै  स्थानहरूमा   मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले वर्षा हुने पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारी वर्षाको सम्भावना, #यस्तो छ आजको मौसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:09 am6:52 pm +0545