कान्तिपुर मलद्धारा दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज
काठमाडौं । विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ ।
मलका चारै कुना सजाईएछ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् ।
उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।
कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतम बताउनुहुन्छ ।
मलमा वित्तीय संस्था, सैलुन, गुदपाक, लत्ताकपडा, ईलेक्ट्रोनिक्स आईटम, रेस्टुरेन्टलगायतका सेवासुविधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटवाल बताउनुहुन्छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #कान्तिपुर मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्