महिला चेम्बर प्रतिनिधीमण्डल र पूर्व उपप्रधान तथा अर्थमन्त्री बिच भेटवार्ता
काठमाडौं, पौष- महिला चेम्बर प्रतिनिधीमण्डलले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीसँग भेटवार्ता गरेको छ । महिला चेम्बरका संस्थापक अध्यक्ष तथा राजदुत डा. अन्जान शाक्य र महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको संयुक्त नेत्रीत्वमा रहेको प्रतिनिधीमण्डलले अाइतबार नेता अधिकारीसँग भेट गरेको हो ।
भेटका क्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीले महिला चेम्बरको कार्यभार सम्हाल्दै गर्दाको अवस्थामा राजदूत नियुक्त भएकामा डा. अन्जान शाक्य र महिला चेम्बरको अध्यक्ष भएकामा उर्मिला श्रेष्ठ एबम् कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै महिलाको आर्थिक सशक्तिकरण बिना देशको बिकास असम्भव रहने पनि बताए । नेता अधिकारीले आगामी दिनमा आउने बजेट महिला मैत्री हुनु पर्ने अौल्याउदै त्यसले महिलाको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने राय पेश गरेका थिए ।
सो अवसरमा राजदूत शाक्यले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीलाई सदसयताका लागि साधुवाद ब्यक्त गरिन । त्यसैगरि महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, उपाधय्क्षद्वय सुश्मा शर्मा एबम् अंबिका शर्मा र बरिस्ठ सल्लाहकार अन्जना ताम्राकारले महिलाको आर्थिक सशक्तिकरणको मुद्धा यस समयमा निकै सान्दर्भिक रहेको र यस प्रति अधिकारीले देखाउदै आएको चासोको प्रसम्शा गर्दै समयका लागि धन्यवाद टक्राएका थिए ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्