Techie IT
सोमबार, वैशाख २२,२०८२

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै


काठमाडौँ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ ।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ ।–रासस


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545