लुम्बिनी गुरुयोजना ग्लोबल बोलपत्रको प्रक्रियामा
लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ ।
गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत्र आलोचना भएपछि कोषले आगामी तीन वर्षभित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको हो ।
सन् १९७८ सालमा जापानका वास्तुकलाविद् केन्जो टांगेले निर्माण गर्नुभएको गुरुयोजनाले लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले एक हजार १५५ बिघा जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विभाजन गरेको छ । गुरुयोजनाको ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ तर गुरुयोजनाभित्र रहेका ठूला परियोजना अझै बाँकी छन् ।
छ वटा डोम आकारका भवन, पानी, विद्युत्, टेलिकम्युनिकेसन, अडिटोरियम हल, ढल निकास, हाईस्कूल, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो । कोषले बाँकी काम सक्न अझै रु छ अर्ब बजेट खर्च हुने बताएको छ । यहाँ हालसम्म रु छ अर्ब खर्च भइसकेको छ ।
ग्लोबल बोलपत्र अघि बाँकी आयोजनाको योजना, डिजाइन र स्टिमेटका साथै निर्माण अवधिभर सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न सूचना जारी गरिसकेको छ । तीन महीनाभित्र परामर्शदाताले गर्ने डिजाइन र स्टिमेटका आधारमा तीन वर्षभित्र सबै काम सक्ने गरी ग्लोबल बोलपत्र गर्ने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले बताउनुभयो ।
१० वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको लुम्बिनी अहिले घुम्न लायक पवित्रस्थलको रुपमा विकास भइसकेको छ । यो वर्ष स्वदेशी तथा विदेशीसहित करीब १७ लाखले लुम्बिनी भ्रमण गरेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लुम्बिनी गुरुयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्