राजा फर्काउन चितवनमा शाही युवा शक्तिको भेला
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा भेटघाटमा सक्रिय भइरहँदा शाही युवा शक्ति नेपालका नाममा भेला, बैठक गरी समिति बनाउने अभियान चलेको छ ।
चितवनमा पनि शाही युवा शक्ति नेपालले कार्यक्रम गरेको छ । पूर्वी चितवनको पर्सामा आज आयोजित भेलामा चितवनका राजावादी समर्थकहरु सहभागी भएका थिए । भेलामा उपस्थित युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजतन्त्र फर्काउने अभियानकै लागि देशैभर भेलाको आयोजना गरिएको बताए । उनले गणतन्त्र र संघीयताले देश झन् झन् दर्दनाक अवस्थामा पुगेकोले राजा फर्काउनुको विकल्प नरहेको दाबी गरे । भेलाले चितवनमा शाही युवा शक्ति नेपालको नयाँ समिति समेत चयन गरेको छ । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक भेटघाट र सक्रियता बढेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्