मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यस अवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभयो ।
“मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन ।”
उहाँले अहिलेसम्मका राजनीतिक आन्दोलनको उद्देश्य मानवअधिकारको संरक्षण गर्ने नै भएको र राजनीति विकृत नभएर सही बाटोमा हिँड्यो भने मानवअधिकार संरक्षण त्यही हुने धारणा राख्नुभयो ।
“सरकारले मानवअधिकारको रक्षा गर्ने प्रतिबद्धता जनायो भने धेरै हदसम्म मानवअधिकारको संरक्षण हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाँच्न पाउने अधिकार, खाद्य अधिकारबाट वञ्चित छन्, हरेक व्यक्तिलाई मानवअधिकारप्रति सचेत गराउनुपर्ने जरुरी छ, प्रजातान्त्रिक प्रणालीको उद्देश्य नै हिंसारहित हुनुपर्छ ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाउन सकियो भने मानवअधिकारको संरक्षण हुने उल्लेख गर्दै उहाँले मानवअधिकारको अभियानलाई व्यापकता सचेतना गरेर मानवअधिकार उल्लङ्घन हुन नदिन खबरदारी समेत गर्न जरुरी भएको बताउनुभयो ।
“पीडितले न्याय पाउनुपर्छ, पीडकलाई कानुनी कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “राजनीति मानव जातिको भलाइ, मानवको बृहत्तर हितका लागि गर्ने हो, मावनजातिको खुसी र मानवको सुरक्षा गर्न मैले राजनीति गरेको हुँ, मेरो लडाइँ नै मानवअधिकारका लागि हो ।”
अध्यक्ष ओलीले राज्यले संविधान, कानुन बनाएर मुलुकलाई यथास्थितिमा राख्न खोजे पनि मानिस सामाजिक प्राणी भएकाले एकले अर्काका अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्