बालकोटमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र अध्यक्ष ओलीबीच भेटवार्ता (फोटोफिचर)
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्
लिउ नेतृत्वको प्रतिनिधि मण्डलले अध्यक्ष ओलीसँग ओली निवास बालकोटमा भेटवार्ता गरेको हो ।
भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल लगायत सहभागी रहेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
आइतबार नेपाल आएका लिउले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ ।
लिउले वुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर स्वदेश फर्कने छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #चिनियाँ कम्युनिष्ट पार्टी, #लिउ जियानचाओ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्