टोखामा ६ महिनाकी गर्भवती महिलाको हत्या, ४ जना पक्राउ
प्रहरीले टोखा नगरपालिका–८ मिलनटोलकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
अजितालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई आज नियन्त्रणमा लिएको हो ।

मुगु टोरु गाउँपालिका–८ घर स्थायी भएकी अजिताको आइतबार राति मुख थुनी घाँटी थिचेर हत्या भएको थियो । उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।
आफूमाथि सौता हालेको र खानलाउन नदिएको रिसले धर्मराज शाहीकी जेठी श्रीमती (विष्णुमाया)ले कान्छी श्रीमती (अजिता) को हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
हत्या आरोपमा विष्णुमायासँगै उनकी बहिनी २६ वर्षीया भगवती मल्ल, भदा २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका २३ वर्षीय रीता केसी पक्राउ परेका छन् ।
मृतक अजिता ६ महिनाको गर्भवती थिइन् । उनीहरु सबैले अजिताको हत्या गरेको स्वीकार गरेको महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए ।
रातोपाटी बाट साभार
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गर्भवती महिलाको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्