धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको छ :अध्यक्ष ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । मुस्लिम समुदायको इद–उल–अजाह बकर–इद पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ भन्नुभयो ।
भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उहाँले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्