तिमिल्सिना समाजको बैठक : बंशावली प्रकाशन र एम्बुलेन्स संचालन मुख्य प्राथमिकता
काठमाडौं । तिमिल्सिना समाज नेपालको केन्द्रीय समिति तथा बंशावली निमार्ण मूल समितिको संयुक्त बैठक नेशनल ल कलेजमा सम्पन्न भएको छ । समाजका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले बंशावली निमार्ण , कार्यालय ब्यवस्थापन ,बिभिन्न दाताहरुबाट प्राप्त जग्गाको ब्यवस्थापन , एम्बुलेन्स संचालन , भावी योजना लगायतका बिषयमा गम्भीर छलफल भएको समाजका महासचिव होम प्रसाद तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार समाजले देशभरका तिमिल्सिनाहरुलाई समाजमा गोलबद्ध गर्न बिभिन्नि श्रृजनात्मक एवं रचनात्मक काम गर्दे तिमिल्सिना समाज प्रति आत्मीयता बढाउन बिभिन्न योजना अगाडी सारेको बताउनुभयो ।
बैठकमा समाजका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना , नवराज तिमिल्सिना , सल्लाहकार उद्धव प्रसाद तिमिल्सिना , केन्द्रिय पदाधिकारी लगायतका उपस्थीती रहेको थियो ।
समाजले एम्बुलेन्स संचालन गर्ने
तिमिल्सिना समाज नेपालका अध्यक्ष दिपक तिमिल्सिनाले एम्बुलेन्स संचालन गर्ने अन्तिम तयारी भएको बताउनुभयो । समाजको भारतीय दुताबास संगको सहकार्यमा यही श्रावण २९ गते एम्बुलेन्स हस्तान्तरण कार्यक्रम रहेको र सो पश्चात कार्यबिधि मार्फत एम्बुलेन्स संचालन गरिने बताउदै गौर आवासीय नेपाली संघ लगायतका संस्थाहरुसंग सहकार्य एवं तिमिल्सिना बन्धुहरुको साथ र सहयोयमा बिभिन्न कार्य गरिने बताउनु भयो ।
बिभिन्न समिति गठन
तिमिल्सिना समाज नेपालको मिति २०७९ बैशाख ६ गते बसेको केन्द्रिय समितिको बैठकको समाजका क्रियाकलापहरुलाई चुस्त रुपमा ब्यवस्थापन र समन्वयन गर्नका लागी निम्न अनुसारको बिभिन्न समिति गठन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तिमिल्सिना समाज, #दिपक तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्