नुवाकोटको दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।
आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । सो दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि समेत गाउँकार्यपालिकाको सबैलाई अपिल गरेको छ ।
“मिनीट्रकमा यात्रुको बीमा हुँदैन । मिनीट्रक कुनै यातायात समितिसँग आबद्ध नभएकाले घाइतेको उपचारका लागि आर्थिक अभाव भएको हो,” अध्यक्ष तामाङले भन्नुभयो । घाइतेको उपचारका लागि सहयोग गर्न गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न सबैमा अपिल गरिएको छ । बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हँुदा १५ जना घाइते भएका थिए । मिनीट्रक चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #नुवाकोटको दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्