यी स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभावले वर्षा भइरहेको छ ।
अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति सुदूरपश्चिम, वागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुनसक्ने जनाइएको छ ।
आगामी २४ घण्टामा विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरोको साथै नदी नाला तथा खहरे खोलामा बाढी आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मनसुनी वायु, #वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्