निर्वाचन आयोगले सरकारलाई प्रतिनिधि सभा र प्रदेशको चुनावको मिति सिफारिस गर्दै
काठमाडौँ, २२ असार । निर्वाचन आयोगले सरकारलाई प्रतिनिधि सभा र प्रदेशको चुनावको मिति सिफारिस गर्दैछ ।
वुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिस गर्न लागेका हुन् ।
आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी रहेको छ ।
मन्त्रिपरिषद बैठकले १२० दिन समय राखेर मिति घोषणा गर्नेछ ।
त्यस्तै, संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न पनि आयोगले सिफारिस गर्ने तयारी गरेको छ ।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्