अर्थ मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनमा डिलेट कसरी भयो: केपी ओली
काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनमा डिलेट कसरी भयो भनि प्रश्न गरेका छन् ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई कुनै निश्चित घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरिएकोमा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको थियो । सरकारले भने मन्त्रालयको फुटेज १३ दिनपछि डिलेट हुने गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो ।
सोमबार संसद बैठकमा डेढ घण्टा लामो सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रश्न गर्दै सोधे, ‘फुटेज हटाउने को हो ? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न ?’
त्यस्तै, उनले बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुलाई करको दर हेरफेर गर्न लगाइएको तर्फ संकेत गर्दै इनफ इज इनफ भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।
अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध भएको बताउँदै विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने बताए । उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्यो।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्