आईजीपी विवाद: आज पनि फैसला भएन
काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक( आईजीपी) बढुवासम्बन्धी विवादमा परेको रिटको अन्तिम सुनुवाइ आइतबार चौथो पटक हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतले अर्को पेसी असार २६ गतेका लागि तोकेको छ। २६ गते निवेदकतर्फबाट जवाफी बहस हुने छ भने त्यसपछि फैसला हुने छ।
सरकारले आफू भन्दा जुनियरलाई प्रहरी महानिरिक्षकमा न्युक्त गरेको भन्दै उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । यो मुद्दा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।
आइतबार सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल प्रहरी, #नेपाल प्रहरीको महानिरीक्षक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्