Techie IT
शुक्रबार, असार ६,२०८२

आईजीपी विवाद: आज पनि फैसला भएन


काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक( आईजीपी) बढुवासम्बन्धी विवादमा परेको रिटको अन्तिम सुनुवाइ आइतबार चौथो पटक हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतले अर्को पेसी असार २६ गतेका लागि तोकेको छ। २६ गते निवेदकतर्फबाट जवाफी बहस हुने छ भने त्यसपछि फैसला हुने छ।

सरकारले आफू भन्दा जुनियरलाई प्रहरी महानिरिक्षकमा न्युक्त गरेको भन्दै उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । यो मुद्दा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

आइतबार सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल प्रहरी, #नेपाल प्रहरीको महानिरीक्षक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545