शेखर कोइराला समूहले पार्टीमा विद्रोह गर्ने
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीमा विद्रोह गर्ने रणनीति बनाएको छ ।
आगामी संसदीय निर्वाचनमा ४० प्रतिशत टिकट नपाए कोइराला पक्ष विद्रोह गर्ने तयारीमा पुगेको हो ।
पार्टीमा रचनात्मक विद्रोह गर्ने चेतावनीसहित कोइराला समूहले ४० प्रतिशत भावण्डा मागेको हो ।
पार्टीको १४ औँ महाधिवेशनमा शेखरले ४१ प्रतिशत मत ल्याएका थिए । यसअघि शेरबहादुर देउवाले पनि गिरीजाप्रसाद कोइराला सभापति हुँदा ४० प्रतिशतको भागवण्डा मागेका थिए । जुन सुशील कोइरालाको पालासम्म रहेको थियो ।
पछिल्लो समय भने सभापति देउवाले शेखर समूहलाई भूमिकाहीन बनाउनुका साथै सरकारमा पनि सहभागी गराएका छैनन् ।
यता कोइरला पक्षले भने ४० प्रतिशत भाग नपाए ठूलो विद्रोह गर्ने तयारीमा छ ।
देउवाको कार्यशैलीबाट रुष्ट बनेका कांग्रेस नेता कार्यकर्ताहरुबाट विभाजनको खतरा देखिन थालेको छ ।
त्यति मात्र होइन कोइराला समूहले देशभर उम्मेदवार उठाएर नेकपा एमालेसँग भित्री तालमेल गर्ने तयारीसम्म गरेको बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्