वामदेवको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमले मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको राजनीतिक दल घोषणा गरेका हुन्।
पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहने भएका छन्। आवश्यकता अनुसार केन्द्रीय सदस्य बढाइने सो पार्टीले जनाएको छ। पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनस्गठन गर्नु रहेको छ।
राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल कम्युनिष्ट पार्टी, #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्