उत्पादनमुखी सहकारीलाई सरकारले प्रवद्र्धन गर्छ : मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादनको क्षेत्रका साथै रोजगारी दिने कार्यमा सक्रिय रहेका व्यावसायिक सहकारी संस्थालाई सरकारले प्रवद्र्धन, विकास र प्रत्यक्ष सहयोग गर्ने बताउनुभएको छ ।
सिद्धिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोटेश्वरको १०औँ वार्षिक साधारणसभालाई आज राजधानीको तिनकुनेमा सम्बोधन गर्दै नाम मात्रैको सहकारी संस्था अब क्रमशः घट्दै जाने र एकअर्काेमा गाभिने (मर्ज हुने) बताउनुभयो ।
महिला र युवालाई उद्यमी बनाउने, कृषकलाई व्यावसायिकतर्फ लैजाने सहकारी नै अबका दिनमा फस्टाउने पनि मन्त्री अर्यालले धारणा राख्नुभयो । प्रदेशसभा सांसद लक्ष्मण लम्सालले सहकारीले सर्वसाधारणबाट सङ्कलन गरेको निक्षेप घरजग्गा, सवारी साधन जोड्का लागि ऋण दिन नभई जलविद्युत्, कृषि उत्पादन र रोजगारीका क्षेत्रतर्फ लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले सिद्धिक बचत तथा अण सहकारी संस्था लिका उत्कृष्ट सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन), सल्लाहकार राजकुमार मल्ल, तेजराम झा, शम्भुबहादुर बुढाथोकी, उत्कृष्ट कर्मचारी मेनुका खतिवडा, उत्कृष्ट बचतकर्ता, गोविन्द तिमल्सिना र केदार बुढाथोकी, आवधिक बचतकर्ता ओमप्रसाद तिमल्सिना र उत्कृष्ट शेयरतर्फ कुमारराज गिरीलाई सम्मान गर्नुभयो ।
यसैगरी सांसद लम्सालले ज्येष्ठ नागरिक नीलकण्ठ ढुङ्गाना र काली खत्रीका साथै गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी लेलिना पण्डित, समिता घिमिरे, अनिश श्रेष्ठ, अङ्कित सिंह र प्रगाढ खड्कालाई नगदसहित सम्मान गर्नुभयो ।
वार्षिक साधारणसभाको दोस्रोसत्रबाट होमप्रसाद चौलागाईंको नेतृत्वमा आगामी चार वर्षका लागि ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा नरेन्द्र राई, सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन), कोषाध्यक्षमा तीर्थ महर्जन र सदस्यमा राजकुमार मैनाली, विजयराम दवाडी, अनिल शिवाकोटी, सन्तोषकुमार खड्का र कुमारराज गिरी चयन हुनुभएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #पद्ममा अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्