चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि, तीस हजार कित्ता सामूहिक लगानी कोषलाई र पाँच लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।
कम्पनीले छिटोमा यही मङ्सिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा आगामी पुस १९ गतेसम्म बिक्री खुला गर्ने तयारी गरेको छ । सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आश्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत् अनलाइन आवेदन दिन सकिनेछ ।
क्याटेगोरी : अर्थ
ट्याग : #चौतारी लघुवित्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्