कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु
चितवन । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी चितवन कठारकी महिलाको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा सोमबार राति मृत्यु भएको छ । खैरहनी नगरपालिका– १० की ४० वर्षीया ती महिलालाई उनका श्रीमानले बिहीबार साँझ निर्घात कुटपिट गरेका थिए । प्रहरीले महिलाका ४० वर्षीय श्रीमानलाई पक्राउ गरेर जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अनुसन्धान सुरु गरेको थियो ।‘उपचारका क्रममा गए राति ११ बजेर ५० मिनेट जाँदा ति महिलाको भरतपुर अस्पतालमा निधन भएको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भने । उपचारमा संलग्न चिकित्सक र उद्धार गरेका आफन्तका अनुसार श्रीमानको कुटाइबाट ती महिलाको कम्मरको तल्लो भागमा नराम्ररी चोट लागेको थियो । उनको गुप्ताङ पनि क्षतविक्षत भएको थियो ।
स्थानीयले ती महिलालाई उपचारका लागि बिहीबार राति नै भरतपुर अस्पताल ल्याएका थिए । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार मलद्वारबाट लौरो छिराएका कारण महिलाको गुप्ताङसमेत क्षतविक्षत थियो । ढाडमा बेस्सरी कुटपिट गरेका कारणले आङको हड्डीमा पनि चोट लागेको थियो । उनको सोमबार दिउँसो शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।
‘हिजो दिउँसो तीन बजेतिर अप्रेसन भएको थियो । त्यसपछि अवस्था सुधारोन्मुख नै थियो । राति एक पटक शौचालय पनि गएको कुरुवाहरुले बताएका थिए । तर मध्यरातमा अचानक त्यस्तो भयो । मुटुको चाल एक्कासि बन्द भयो,’ सूचना अधिकारी पौडेलले भने । अस्पतालमा रहेका आफन्तका अनुसार श्रीमान–श्रीमतीबीच सधै झैं भगडा हुन्थ्यो । तर यो पटक अति नै भएको उनीहरुले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##खैरहनी नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्