तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमान दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिनु भएको छ ।
‘पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
१९ जना यात्रुसहित आइतबार बिहान जोमसोमका लागि उडान भरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सोमबार बिहान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्