सामाजिक विकासमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई आज पदमुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उहाँलाई पदमुक्त गरिएको हो । रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज अपराह्न आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई पद तथा गोपनीयताका शपथ गराउनुभयो ।
सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललगायत उपस्थित हुनुहुन्थ्यो ।
यसअघि गएको असोज महीनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । करीब दश महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन् ।
नवनियुक्त सामाजिक विकासमन्त्रीलाई आज शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादनको विषयलाई लिएर उहाँलाई पदमुक्त गरिएको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ ।” मन्त्रीबाट पदमुक्त गरिनुभएका सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँ कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #सामाजिक विकासमन्त्री पदमुक्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्