Techie IT
शुक्रबार, असार ६,२०८२

टोखामा समाजवादी पार्टीका उम्मेदवार र प्रभावशाली नेतानै सूर्यको झण्डा बोकेर प्रकाश अधिकारीको चुनावी प्रचार प्रसारमा

टोखा नगरपालिकामा नेकपा एमाले मजबुत बन्दै


भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । नगरपालिकाका  उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् । टोखा नगरपालिकामा नेकपा एमाले मजबुत बन्दै गएको छ ।

२०७४ सालमा प्रमुख र उपप्रमुखमा विजयी बनेको नेकपा एमालेले यस पटक ५ वर्षमा गरेका विकास निर्माणका कामहरु लिएर टोखा वासीको माझमा पुगेका उम्मेदवारहरुलाई नेकपा एकीकृत समाजवादीका नेताहरुले समेत सक्रिय साथ दिएका छन।

नेकपा माले कालिन समय देखि नै टोखा क्षेत्रमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेर संगठन विस्तार गरेका प्रभावशाली नेता गजराज श्रेष्ठ नेकपा एस छोडेर नेकपा एमालेको प्रचारमा जुटे संगै थप बलियो बनेको नेकपा एमालेलेलाई अन्य नेताहरुले पनि साथ दिएका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका तर्फ बाट वडा नं १ को अध्यक्षमा मनोनयन गरेका श्याम लाल श्रेष्ठ , सदस्यमा मनोनयन गरेका महेश्वर अधिकारी अहिले नेकपा एमालेको प्रचारमा निकै सक्रिय रहेका छन।

टोखा नगरपालिकाका लागि प्रस्तावित नगर प्रमुखका उम्मेदवार गजराज श्रेष्ठको सक्रियताले नेकपा एमालेको अभियानमा सकरात्मक प्रभाव पारेको बताउदै नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोलले नेकपा माओवादी केन्द्रका नेता तथा वडा नं ८ का अध्यक्ष उम्मेदवार रतन परियार पनि अभियान मै रहेको जानकारी दिएका छन।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545