अघिल्लो कार्यकालमा मैले गरेका राम्रा कामको आधारमा फेरि पार्टीले टिकट दियो : घिमिरे
काठमाडौं । यही बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि तारकेश्वर नगरपालिका– ८ मा वडाध्यक्षको लागि नेकपा एमालेबाट मनोज घिमिरेले उम्मेदवारी दिएका छन् ।
२०७४ सालको निर्वाचनमा पनि त्यहाँ वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष सोही स्थानमा नेतृत्व गरेका घिमिरेले फेरि वडाध्यक्षको टिकट पाएका हुन् ।
उनले आफूले विगत पाँच वर्षमा त्यस वडामा गरेका धेरै विकास निर्माण र जनताको चाहना अनुसार काम गरेकाले फेरि आफूलाई नै पार्टीले टिकट दिएको बताए ।
उम्मेदवार घिमिरेले उक्त वडामा अघिल्लो कार्यकालमा ९० प्रतिशत विकासका काम पूरा भइसकेको र बाँकी १० प्रतिशत विकास निर्माण आफूले अबको चुनावमा जितेर पूरा गर्ने प्रतिबद्धता जनाए ।
कोरोनाका कारण पूर्वाधार विकासअन्तर्गत सडक विस्तार र खानेपानीलगायतका काम केही बाँकी रहेकाले अब फेरि चुनाव जितेर पूरा गर्ने उनले बताए । जनताले पनि फेरि उक्त वडामा आफ्नै नेतृत्वको माग गरेको घिमिरेले जिकिर गरे ।
क्याटेगोरी : राजनीति, स्वास्थ्य
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्