गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि प्रचण्ड आज चितवन जाँदै
काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । उनले चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि अध्यक्ष दाहालले भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् । निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको हो ।
चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ । तर, गत शुक्रबारदेखि शसुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले भने गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय मंगलबार गरेको छ ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्