Techie IT
सोमबार, वैशाख २२,२०८२

सिके राउत समूहको गतिविधि नियन्त्रण गर्न ‘स्पेसल टास्क फोर्स’


तन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ ।

प्रदेश प्रमुखको जिम्मेवारी लिएर कार्यक्षेत्रमा जान लागेका डिआइजीलाई केही दिन अघि प्रहरी महानिरीक्षक [आइजिपी] सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखको भूमिका प्रभावकारी नभएको र संविधानविपरीत काम गर्ने तत्व सलबलाएकाले सचेत हुन निर्देशन दिएका थिए ।


क्याटेगोरी : विशेष
ट्याग : #सिके राउत समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545