Techie IT
बुधबार, जेठ १,२०८२

चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ : विष्णु पौडेल


भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको दावी पनि गरे ।

नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानूनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो ।

‘त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन, निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ’, उनले भने ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:13 am6:46 pm +0545