‘माधव नेपाल हवेली छाडेर झुप्रोमा पुगे’
तनहुँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । उनले शुक्रबार नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे ।
‘हाम्रा पार्टीका नेता लोभिपापी हुन्, माधव नेपालले निकै ठूलो काम गर्नुभो, सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन, अधिकार जमाउन सक्नु भएन, चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ।
नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई प्रश्न गर्दै उनले भने, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर ।’ विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको उनको भनाइ छ । अगाडि थप्दै उनले भने, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ, त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन, सबैले उहाँलाई छोड्छन् ।’
नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङले बताए । ‘नेकपा एमाले क्रान्तिकारी भएन, मुलुक निर्माण नगर्ने भो, मुलुकमा क्रान्ति नल्याउने भो, समाजवाद नल्याउने भो भनेका उनले कुन सैद्धान्तिक आधार बनाएका छन् त ? मार्गदर्शन के छ उहाँसँग ? कुनै न कुनै वाद त उहाँसँग हुनपर्यो नि’, उनले भने, ‘अध्यादेशबाट बनेको कुनै पनि पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।’ अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उनको भनाई छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताए । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको तर्क गरे ।
केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको बताइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससँग हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्