Techie IT
आईतबार, वैशाख २८,२०८२

विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश


काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७४ सालको संघीय निर्वाचनमा विवेकशील शाझा पार्टीबाट काठमाण्डौ क्षेत्र नं ४ ९१० का उम्मेदवार दिपेश वैद्यसहित दर्जनौँ नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

२०७४ सालको प्रदेशसभाको निर्वाचनमा ३५१७ मत प्राप्त गरेका वैद्य काठमाडौं क्षेत्र नं ४ ९१० मा तेस्रो स्थानमा थिए ।

काठमाडौं बबरमहलमा बिहीबार चलिरहेको एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दिपेश वैद्य र बागमती प्रदेश सम्पदा विभागका प्रमुख एवं युवा नेता सुमित दास रञ्जितकारको नेतृत्वमा दुई दर्जनभन्दा बढी एमालेमा स्वागत गरे ।

एमालेमा प्रवेश गर्नेहरुमा विवेकशील शाझा पार्टीका काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका वैद्यसहित रितेस मल्ल, रुजिना श्रेष्ठ, उज्जला स्थापित, शिशिर दर्शनधारी, लक्ष्मण मुनिकार, राज रंजितकार, सुरज तन्डुकार, उपेन शाक्य, सुमन मानन्धर, विराज उपाध्याय, रचना कर्माचार्य, अमृत रिजा, रबि श्रेष्ठ, सबिन श्रेष्ठ, सनोज राना, सुयस श्रेष्ठ र मदन श्रेष्ठ लगायत रहेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटीका सदस्य विष्णु सापकोटा पनि एमालेमा प्रवेश गरेको एमाले केन्द्रले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545