तालिवान प्रमुख कमाण्डर सहित २१ जना मारिए
सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक जना प्रमुख कमाण्डरसहित कम्तीमा २१ जना तालिवान लडाकू मारिएका छन् ।
अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मुल्लाह मन्सुर मारिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सरकारी सेनाका एक जना प्रवक्ता गुलाम हजरात कारिमीले सोमबार भन्नुभयो, “कुन्दुज प्रान्तका लागि तालिवान लडाकूहरुको सैन्य प्रमुख मुल्लाह मन्सुरसहित २१ जना सुरक्षा कारबाहीमा मारिएका छन् ।”
सुरक्षा कारबाहीमा परी अरु ३० भन्दा बढी लडाकू पनि घाइते भएको उहाँले जानकारी दिनुभयो ।
पछिल्ला केही घण्टामा इमाम साहिब जिल्लाका विभिन्न ठाउँमा धेरै पटक विस्फोटनका घटनाहरु भएका थिए ।
सैन्य अधिकारीहरुले सरकारी सेना तर्फको क्षतीका बारेमा कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #तालिवान लडाकू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्