माओवादीमा एमसीसी इफेक्टः हजारौं कार्यकर्ताद्वारा एकैपटक पार्टी छाड्ने घोषणा
काठमाडौं– नेकपा माओवादी केन्द्रको समर्थनमा अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गर्नुभयो । उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।
पार्टी परित्याग गर्नेमा पूर्वजनसेना कमाण्डर सुनिल धिमाल लगायत छन् ।
धमाधम पार्टी परित्याग हुन थालेपछि अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले धैर्य गर्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘भावनात्मक आवेग र शीघ्र प्रतिक्रियाको पछि नकुदौं। ‘ड्यामेज कन्ट्रोल’को नीति लिदै परिस्थितिलाई सम्हालौं। पार्टीले खराव मध्यको राम्रो विकल्प प्रयोग गरेको हो। आज सदनमा भएका सबै विचार विमर्शलाई गम्भीरता र धैर्यतापुर्वक सुनौं ।’
क्याटेगोरी : राजनीति
ट्याग : #माओवादीमा एमसीसी इफेक्टः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्